डाटसन रेडी गो मा मनसुन अफर

काठमाडौँ : पायोनियर मोटो कर्पले डाटसन रेडी गो मा मनसुन अफर ल्याएको छ। सो अफरमा दुई लाख ५० हजारसम्म नगद छुटको अफर रहेको छ।
सँगै चालु आर्थिक वर्षको लागि बिमा समेत समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङको सुविधा समेत पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यो अफर नेपालका सबै सोरुमहरुमा लागू भएको छ।
साउन १२, २०७९ बिहीबार २२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।