अमेरिकी सहायक विदेशमन्त्री लु दुई दिनका लागि नेपाल आउँदै

काठमाडौंः संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्नुहुने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
उनी दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने बताइएको छ।
लुले यस अवधिमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट गर्ने छन्। साथै काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने छन्।
साउन १२, २०७९ बिहीबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।