एकदिवसीय क्रिकेटको वरियतामा नेपाल जहाँको त्यहीँ

एकदिवसीय क्रिकेटको वरियतामा नेपाल जहाँको त्यहीँ
फाइल तस्बिर । क्यान

काठमाडौंः आईसीसीले आज जारी गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल पुरानै स्थानमा यथावत छ। नयाँ वरियताअनुसार नेपाल १९औं स्थानमा रहेको छ।

अघिल्लो पटक सार्वजनिक भएको वरियतामा पनि नेपाल १९औं स्थानमा नै रहेको थियो।

नयाँ वरियताअनुसार न्युजिल्याण्ड पहिलो स्थानमा रहेको छ। दोस्रोमा इङ्ग्ल्यान्ड रहेको छ।

त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ। यसैगरी साउथ अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्टइन्डिज नवौँ तथा अफगानिस्तान दशौँ स्थानम रहेको छ।

साउन १२, २०७९ बिहीबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।