बहुराष्ट्रिय कम्पनी 'सामसुङ'को आम्दानी २१.३ प्रतिशतले बढ्यो

एजेन्सीः दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा उल्लेख्य वृद्धि गरेको जनाएको छ। सामसुङले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जुन महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ।
यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ।
यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्ब वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने यो सामान्य कमी हो। कम्पनीको यो वर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ।
यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो।
साउन १२, २०७९ बिहीबार १२:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।