तोलामा आठ सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३० रुपैयाँको वृद्धि

तोलामा आठ सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३० रुपैयाँको वृद्धि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेको छ। आज चाँदी तोलामा एक हजार १८५ तोकिएको छ।

साउन १२, २०७९ बिहीबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।