एसिया कप क्रिकेट यूएईमा हुने, आयोजक भने श्रीलङ्का नै

एजेन्सीः अगस्ट २७ बाट सुरु हुन गइरहेको एसिया कप क्रिकेटको भेन्यु तय भएको छ। यसअघि श्रीलङ्कामा आयोजना हुनेगरी तय भएको एसिया कप अब यूएईमा हुने भएको छ।
श्रीलङ्काको पछिल्लो बिग्रदो राजनीतिक अवस्थाका कारण एसिया कपको भेन्यु सारिएको हो। यद्यपि, आयोजक भने श्रीलङ्का नै हुनेछ।
यस पटक एसिया कप टी ट्वेन्टी फर्म्याटमा खेलिनेछ। प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान सामेल हुनेछन्। यस्तै कुवेत, यूएई र हङ्कङमध्ये एक टोली सामेल हुनेछ।
प्रतियोगिता ११ सेप्टेम्बरसम्म चल्नेछ।
यो प्रतियोगितामा भारत र पाकिस्तान आमने-सामने हुनेछन्। अन्तिम पटक यी दुई टोली विश्वकप २०२१ मा भिड्दा नतिजा पाकिस्तानको पक्षमा आएको थियो।
यसअघिको एसिया कपको विजेता भने भारत हो।
साउन १२, २०७९ बिहीबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।