एक वर्षमा तनहुँमा सवारी दुर्घटनामा ४९ जनाको मृत्यु

तनहुँः जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो।
सो अवधिमा एक सय सवारीसाधन दुर्घटना भएको थियो। ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, १० ट्र्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए। दुर्घटनामा ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए।
आव २०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन्।
“तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ”, नेपालले भने, “युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ।”
साउन १२, २०७९ बिहीबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।