सुनसरी पुलमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सुनसरी पुलमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सुनसरीः भोक्राहा नर्सिङ गाउँपालिका- ४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका- ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन्।

गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बरको स्करपियो जीपले विपरीत दिशाबाट जाँदै गरेको ना६३प ४०७५ नम्बरको मोटरसाइकललाई साँझ ६ बजे ठक्कर दिएको हो।

जीपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

साउन १२, २०७९ बिहीबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।