
आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।
आज राति प्रदेश १, मधेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
साउन १२, २०७९ बिहीबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।