स्वास्थ्यमन्त्रीले भेटे भारतीय र बंगलादेशी राजदूत

काठमाडौँ : स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले बङ्गलादेश र भारतका राजदूत सँग छुट्टाछुट्टै भेट गरेका छन्।
दुवै राजदूतसँग मन्त्रीको कार्यकक्षमा भेट भएको हो। भेटकाक्रममा बंगलादेशका राजदूत सलाहुदिन नोमन चौधरीसँग नेपालले बङ्गलादेशसँग जलविद्युत र पर्यटनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।
नेपालमा उत्पादन हुने विद्धुतको बारेमा चासो राख्दै बङ्गलादेशका राजदूत चौधरीले नेपालको विद्धुत बङ्गलादेश लैजान इच्छुक रहेको र चाँडै दुई देशको उर्जामन्त्रीको बैठक राख्ने बताएका थिए।
भारतीय राजदूत नवीन श्रीवास्तवसंगको भेटमा नेपाल र भारत बिचको राम्रो सम्बन्धका कारण कोभिड १९ लाई नियन्त्रण गर्न सहज भएको र नेपाल भारत बिचको सम्बन्ध राजनीतिक ,सामाजिक र आर्थिक रूपमा समेत जोडिएकाले यसलाई थप बलियो बनाउने पक्षमा छलफल भएको मन्त्रीको निजी सचिवालयले प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ।
साउन ११, २०७९ बुधबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।