एसइईको परीक्षाफल प्रकाशित

एसइईको परीक्षाफल प्रकाशित

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशित गरेको छ।

परीक्षामा सबैभन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ रहेको छ।

९० ल्याउने र १०० नम्बर ल्याउने विद्यार्थीको एकै ग्रेड हुने भएकाले यस पटक पनि सर्वोत्कृष्ट विद्यार्थी घोषणा गरिएन।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि  www.see.gov.np , www.neb.gov.np,  www.see.ntc.net.np  लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ।

साउन ११, २०७९ बुधबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।