सानिमा बैंकको भिकेवाईसी सेवा सुरु

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडियो केवाईसी (भिकेवाईसी) सेवा सुरु गरेको छ। गैरआवासीय तथा नेपाली मुलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिकेवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन्। ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन्।
भिकेवाईसी सुविधामार्फत ग्राहकहरूले सानिमा बैंकका कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तैः कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन्।
ग्राहकले अनलाइन खाता खोल्दा भिकेवाईसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ। प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कलमार्फत गरिनेछ।
भिकेवाईसी प्रमाणीकरण प्रक्रिया स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक रु. १ करोडसम्म खर्च गर्न सक्नेछन्।
साउन ११, २०७९ बुधबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।