डिस होमको नयाँ सेवा : डिस होम आईटिभी

डिस होमको नयाँ सेवा : डिस होम आईटिभी

काठमाडौं : इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेको डिस मिडिया नेटवर्कले ग्राहकको चाहनालाई मध्यनजर गर्दै आईपी टिभी सेवा शुभारम्भ गरेको छ।

डिस होम आईटिभीको नाममा सुरु भएको यो सेवा गुणस्तरीय र उत्कृष्ट हुने कम्पनीले जनाएको छ। 

नेपालको एक मात्र डिटिएचसेवा प्रदायक डिस मिडिया नेटवर्कले विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा बेग्लै पहिचान बनाउन सफल भएको छ। 

२०६७ सालमा होमटिभीको नाममासेवा प्रारम्भ गरेकोमा पछि डिस नेपालसँग मर्ज गरी डिस होम नाममा आफ्नो सेवालाई सञ्चालनमा ल्याएको थियो।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिस मिडिया नेटर्वकले व्यवसायलाई विस्तारसँग अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट, टिभी र आइपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ।

साउन ११, २०७९ बुधबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।