आज देशभर सामान्य मौसम बदली हुने, मध्यम वर्षाको सम्भावना

आज देशभर सामान्य मौसम बदली हुने, मध्यम वर्षाको सम्भावना

काठमाडौंः आज बुधबार देशभर सामान्य मौसम बदली हुने भएको छ। आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा छ।

हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साउन ११, २०७९ बुधबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।