सङ्घ र प्रदेश निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

सङ्घ र प्रदेश निर्वाचनमा भोटिङ मेसिनको प्रयोग

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने बताएका छन्।

निर्वाचन आयोगले भोटिङ मेशिन आयोगले नै प्रयोगमा ल्याउन नचाहेको भन्दै स्थानीय तहको निर्वाचनमा आलोचना भएको थियो। मतपत्रको लागि आवश्यक कागज खरिद, अन्य सामग्री खरिदमा हुने कमिसन र ढुवानीमा हुने कमिसनको खेलमा विद्युतीय भोटिङ मेशिन प्रयोग नगरिएको आरोप लागेको थियो।
उनले आरोप सत्य नभएको दाबी गर्दै भने ‘इभिएम को प्रयोग निर्वाचन आयोगले गर्न चाहेन भन्ने बाहिर स्थापित हुन् खोजेको छ त्यस्तो होइन।'
उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा सम्भव हुने ठाउँमा भोटिङ मेशिन प्रयोगमा ल्याइने प्रमुख आयुक्त थपलियाले जानकारी दिए। ‘आकाशको फल आँखा तरी मर भन्ने उखान छ हाम्रो लागि पनि त्यस्तै होला कि भन्ने डर छ, उनले भने।

साउन ११, २०७९ बुधबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।