एसिड हान्छु भन्दै प्रयाङक भिडियो बनाउने पूर्णचन्द्र पक्राउ, सात दिन हिरासतमा राख्न म्याद

काठमाडौँ : प्रयाङकको नाममा सडकमा हिँडिरहेकी महिलालाई रोकेर साथमा रहेको पैसा, मोबाइल अनि गहना नदिए एसिड हानिदिन्छु भनेर भिडियो बनाएर युट्युबमा राख्ने २६ वर्षका प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
एक साता अगाडि उनले हातमा पानीको बोतलमा एसिडजस्तो देखिने झोल राखेर बाटोमा हिँडिरहेकी एक महिलाको पैसा, गहना अनि मोबाइल लिएर भिडियो बनाएका थिए।
उनले १३ मिनेटको भिडियो बनाएर आफ्नो च्यानलमा राखेपछि प्रहरीको साइबर अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
बाटोमा हिँडिरहेकी महिलालाई सातमा भएको पैसा, मोबाइल गरगहना नदिए एसिड हान्दिन्छु भन्दै अति संवेदनशील एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने काम गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको सहयोगमा ब्युरोले पक्राउ गरेको हो।
ब्युरोका उप-निर्देशक पशुपति कुमार रायका अनुसार उनलाई काठमाडौँ जिल्ला अदालत काठमाडौँमा पेस गरेर अनुसन्धानका लागि सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखेको जानकारी दिएका छन्।
साउन १०, २०७९ मंगलबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।