पपुलर मतमा को अगाडि भन्ने कांग्रेस-एमाले विवाद टुङ्ग्यायो आयोगले, कांग्रेस एक लाख अगाडि

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा कुल दलले बढी पपुलर मत पायो भन्नेमा सत्ताधारी दल नेपाली कांग्रेस र एमालेका नेताहरूबिच प्रतिस्पर्धा चलिरहेको थियो।
दुवै दलका नेताहरूले आएका आँकडालाई आफू अनुकूल व्याख्या गरिरहेका बेला निर्वाचन आयोगले यो विवाद टुङ्ग्याउने प्रयास गर्दै वडाध्यक्षले पाएको मतको आधारमा कांग्रेस पलपुर मतमा पहिलो नम्बरमा रहेको सार्वजनिक गरेको छ।
उसले मङ्गलवार एक कार्यक्रममार्फत सबैभन्दा धेरै मत कांग्रेसले पाएको सार्वजनिक गर्यो।
आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरूको लोकप्रिय मतको गणना गरेको हो। आयोगको विवरण अनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ।
एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ भने माओवादीले १५ लाख तीन हजार २ सय ४७ मत पाएको आयोगको विवरणमा उल्लेख छ।
साउन १०, २०७९ मंगलबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।