मोरू वालेटको स्मार्ट क्युआर मर्चेन्ट पेमेन्ट सेवा सुरु

काठमाडौँ : मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनमा आएको छ। हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)सँग सम्झौता गरेर मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्युआर’ सेवा सुरु गरेको हो।
यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्युआर’ प्रयोग गरी भुक्तानी गरेमा १५% वा तीन सय रुपैंया सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भविष्यमा स्मार्ट क्युआर भुक्तानीमा मोरू प्रयोगकर्ताले आकर्षक अफरहरू पाउन सक्ने उल्लेख गरिएको छ।
साउन १०, २०७९ मंगलबार १८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।