'विदेश जाने नेपालीको सङ्ख्या ६ सय प्रतिशतले बढ्यो'

काठमाडौँ : एक तथ्याङ्कले कोभिडपछि भिसा लिने नेपालीको सङ्ख्या ह्वात्तै बढेको देखाएको छ। भिएफएस ग्लोबलले निकालेको तथ्याङ्क अनुसार सन् २०२१ मे देखि २०२२ मे सम्म ६ सय प्रतिशतले भिसा लिने नेपालीको सङ्ख्यामा वृद्धि भएको छ।
सन् २०२१ मा भिसा लिनेको सङ्ख्या कम थियो। विभिन्न देशको विमानस्थल बन्द भएकाले त्यो समयमा भिसा लिनेको सङ्ख्या कम भए पनि लकडाउन खुले लगत्तै यसको सङ्ख्यामा वृद्धि भएको भिएफएस ग्लोबलले जानकारी दिएको छ।
धेरै भिसा लिनेमा बिद्यार्थीहरु छन्। अस्ट्रेलिया, क्यानडा, जापान, युके लगायतका देशमा बिद्यार्थीहरुले धेरै मात्रामा भिसा आवेदन दिएको देखिएको छ।
भीएफएक्स ग्लोबल एक भिसा कम्पनी हो। २० वर्षदेखि काम गरिरहेको यो कम्पनीका ६५ वटा सरकारी क्लाइन्टहरु छन्। विभिन्न देशका १ सय ४३ स्थानबाट सेवा दिइरहेको यो कम्पनीका फारम भर्ने स्थान मात्रै ३५ सय बढी छन्।
साउन १०, २०७९ मंगलबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।