माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा दुई जना पक्राउ

माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा दुई जना पक्राउ

पर्साः वीरगञ्ज महानगरपालिका-८मा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्। उनीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजेय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७  वर्षीय राजकपुर चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारेको हो। उनीहरूमाथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

साउन १०, २०७९ मंगलबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।