'रिकभर' भएको सीसीटीभी फुटेजमा मान्छे चिनिएन, साँझ ४ बजे विज्ञसँग छलफल गर्दै समिति

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले जेठ १४ गते मध्यरातिको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज 'रिकभर' गरेको छ। मङ्गलबार बिहान बसेको संसदीय विशेष छानबिन समितिको बैठकमा प्रहरीबाट प्राप्त रिपोर्ट र भिडियो फुटेज हेरिएको थियो।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई बजेटमा करको दर हेरफेर गराएको आरोप लागेपछि उनीमाथि छानबिन गर्न समिति बनेको थियो। समितिकै आग्रहमा प्रहरीले हार्डडिस्कको डिलिट भएको फुटेज रिकभर गरेको हो।
भिडियोमा केही व्यक्तिहरू देखिए पनि को हो भनेर यकिन हुन नसकेको समितिका सदस्यहरूले बताएका छन्।
व्यक्ति नचिनिएपछि समितिले यसबारे थप अनुसन्धान गर्ने भएको छ। जसअनुसार आज साँझ ४ बजे फरेन्सिक विज्ञसँग परामर्श गर्ने समितिले निर्णय गरेको छ।
साउन १०, २०७९ मंगलबार १३:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।