सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले ओरालो लागेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार दुई सय कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा पाँच रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार १५० रुपैयाँ कायम भएको छ।
साउन १०, २०७९ मंगलबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।