भिडियो बनाएर नर्सिङ विध्यार्थी बलात्कारको आरोपमा २ जना पक्राउ

विराटनगर : नर्सिङ शिक्षामा अध्ययनरत १९ वर्षीया युवतीको पटक-पटक बलात्कार गरेको आरोपमा विराटनगरमा दुई जना पक्राउ परेका छन्।
विराटनगर-३ का ५० वर्षीय विनोद राउत र उनका साथी सुरज सुवेदीलाई प्रहरीले भिडियो बनाएर ब्ल्याकमेल गर्दै बलात्कार गरेको आरोपमा समातेको हो।
युवतीले दुबैविरुद्द आइतबार जाहेरी दिएकी थिइन्। दुबैमाथि होटलमा लगेर पटक-पटक बलात्कार गरेको आरोप छ। प्रहरीले जबरजस्ती करणमा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ।
साउन १०, २०७९ मंगलबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।