सर्लाहीमा दुई वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाहीः बलरा नगरपालिका- ७ डुमरियामा हिजो साँझ दुई वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
हिजो साँझ साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका भारतका करिब ३५ वर्षका शंकर पासवानको उपचारकको क्रममा मृत्यु भएको हो। २७ वर्षीय रोशन पासवान घाइते भएका हुन्। उनको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
साउन १०, २०७९ मंगलबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।