पहिरोले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

काठमाडौंः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो।
पहिरोका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको थियो। हाल एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।
साउन १०, २०७९ मंगलबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।