तरुण दलको केन्द्रीय समिति बिस्तार गर्न देउवाको निर्देशन

तरुण दलको केन्द्रीय समिति बिस्तार गर्न देउवाको निर्देशन

काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले नेपाल तरुण दलको कार्यसमिति विस्तार गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री समेत रहेका देउवासँग सोमबार  तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेटेका थिए।

भेटमा तरुण दल केन्द्रीय समिति बिस्तार  छलफल भएको विद्वान गुरुङले बताए। भेटमा  देउवाले  केन्द्रीय समिति बिस्तार गर्न निर्देशन दिएका थिए। कांग्रेसको १४ औँ महाधिवेशनमा तत्कालीन अध्यक्ष जितजङ्ग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि देउवाले गुरुङलाई अध्यक्षमा नियुक्त गरेका थिए।  दलको महाधिवेशन गर्ने जिम्मा पाएको गुरुङले कार्यसमिति समेत पूर्ण गर्न सकेका छैनन्।

साउन ९, २०७९ सोमबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।