नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत
फाइल तस्बिर

काठमाडौंः राष्ट्रिय सभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषण गरेका हुन्।

राष्ट्रिय सभाको अर्को बैठक यही साउन १२ गते बिहान ११ बजे बस्नेछ।

साउन ९, २०७९ सोमबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।