स्याकार ट्रेडिङ 'टाटा ग्रीन ब्याट्रिज्‌'को आधिकारिक वितरक नियुक्त

स्याकार ट्रेडिङ 'टाटा ग्रीन ब्याट्रिज्‌'को आधिकारिक वितरक नियुक्त

काठमाडौंः नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता र वितरक स्याकार ट्रेडिङ कम्पनी 'टाटा ग्रीन ब्याट्रिज्‌'को आधिकारिक ओईएम (ओरिजिनल इक्युपमेन्ट म्यानुफ्र्याक्चर) वितरक नियुक्त भएको छ। होण्डा मोटरसाइकल तथा स्कुटर, होण्डा पावर प्रोडक्टस् र होण्डा मोटर्सको लागि टाटा ग्रीन ब्याट्रिज्, टाटा अटो कम्पबाट उत्पादन हुँदै आएको छ।

यो भारतको अटोमेटिभ र २डब्ल्यू ब्याट्री उत्पादकमध्येमा पर्छ। स्याकार ट्रेडिङको केन्द्रीय कार्यालयमा यसको लञ्च गरिएको हो।

सो अवसरमा टाटा ग्रीन ब्याट्रिज्‌का सीईओ रवि गुप्ताले भने, "टाटा ग्रीन ब्याट्री भारतमा रहेका ठूला उत्पादकहरूमध्ये एकमा पर्छ। जसले प्रमुख ओईएम (ओरिजिनल इक्युपमेन्ट म्यानुफ्र्याक्चर)मा आपूर्ति गर्दछ। जस्तै होण्डा मोटरसाइकल र स्कुटर इण्डिया, टीभीएस, यमाहा, जाभा, सुजुकी र पाआजिओ। भारतमा भएको सफलतालाई नेपालमा ख्यातिप्राप्त कम्पनी एसटीसी (स्याकार ट्रेडिङ कम्पनी)सँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि विस्तार गर्न चाहन्छौं।"

यस्तै स्याकारका अध्यक्ष सौरभ ज्योतिले टाटा अटो कम्पसँगको सहकार्यबाट देशभर रहेका १५० डिलरहरूमार्फत टाटा ग्रीन ब्याट्रिज्‌ सप्लाई गरी ग्राहकमा नयाँ सेवा पुर्याउन सकिनेप्रति दृढ रहेको बताए।

कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकुन्द श्रेष्ठले ब्याट्रीको बिक्रीपश्चात् सेवामा विशेष जोड दिँदै विभिन्न स्किमहरू छिट्टै लागू गरिने बताए।

साउन ९, २०७९ सोमबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।