सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु, पछाडि सवार घाइते

सुनसरीः बराहक्षेत्र नगरपालिका- ९ कोशी टप्पु वन्यजन्तु आरक्षमा सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका- ११ का २८ वर्षीय धिरज तामाङ रहेका छन्।
हिजो दिउँसो साढे ३ बजे आरक्ष घुम्ने क्रममा प्र-१-०२-०४४ प ६६८१ नम्बरको स्कुटरलाई सिसौको रुखले किचेको थियो। स्कुटर चलाइरहेका तामाङको रुखले किचेर घटनास्थालमै मृत्यु भएको थियो। पछाडि सवार धरानकै २८ पर्षीय संगेन्द्र विष्ट घाइते भएका थिए।
उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले थप अनुसन्धान गरिरहेको छ।
साउन ९, २०७९ सोमबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।