मन्दाकिनी हाइड्रोको आईपीओ बिक्री खुला

मन्दाकिनी हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौंः मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री खुला भएको छ। आजबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो।

कुल शेयरमध्ये दुई प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता शेयर कर्मचारी र पाँच प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम म्याद साउन १२ गतेसम्मको छ।

केयर रेटिङ नेपालले कम्पनीलाई 'केयर एनपी डबल बी प्लस (आईएस)' रेटिङ्ग प्रदान गरेको छ।

साउन ९, २०७९ सोमबार ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।