राप्ती हाइड्रोको आईपीओ बाँडफाँट, दुई लाख १७ हजार आवेदकले पाए शेयर

राप्ती हाइड्रोको आईपीओ बाँडफाँट, दुई लाख १७ हजार आवेदकले पाए शेयर

काठमाडौंः राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये तीन प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।

शेयरका लागि कुल १४ लाख ९१ हजार ७२२ आवेदन परेको थियो।जसमध्ये एक हजार ४२४ आवेदन रद्द भएका छन्। स्वीकृत आवेदन १४ लाख ९० हजार २९८ मध्ये दुई लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरे।

साउन ९, २०७९ सोमबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।