झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

झापाः शिवसताक्षी नगरपालिका- १ धरमपुर चर्चाबारीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थान शुक्रबारे बस्ने २१ वर्षीय किरण श्रेष्ठ रहेका छन्।
हिजो बेलुका ६ बजे ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६०० मिलिग्रामसहित पक्राउ गरेको हो।
श्रेष्ठमाथि ईलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको छ।
साउन ९, २०७९ सोमबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।