बालकुमारीमा जीपले स्कुटरलाई ठक्कर दिँदा रेखाको मृत्यु, सकुन्तला घाइते

काठमाडौंः ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जीपको ठक्करबाट स्कुटर चालक युवतीको मृत्यु भएको छ। अर्की युवती भने घाइते भएकी छिन्।
गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुर धोबिघाट बस्ने २३ वर्षकी सकुन्तला घर्तीको सोही अस्पतालमा उपचार भइरहेको छ।
ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जीपले ठक्कर दिएको हो। दुर्घटना पश्चात् जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी वृत्त सातदोबाटेले जनाएको छ।
साउन ९, २०७९ सोमबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।