भरतपुरमा श्रीमतीको हत्या गरी हामफालेर भाग्न खोज्दा श्रीमान्‌को पनि मृत्यु

भरतपुरमा श्रीमतीको हत्या गरी हामफालेर भाग्न खोज्दा श्रीमान्‌को पनि मृत्यु

चितवनः भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्‌को समेत मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजे स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए। श्रीमतीको उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरे।

श्रीमतीलाई आक्रमण गरेर भाग्न खोज्दा हामफालेका कृष्णप्रसाद पनि लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि राति नै चितवन मेडिकल कलेजमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

साउन ९, २०७९ सोमबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।