अछाममा पहिरोले घर पुरियो, तीन जनाको मृत्यु, एक घाइते

अछाममा पहिरोले घर पुरियो, तीन जनाको मृत्यु, एक घाइते
साङ्केतिक तस्बिर

अछामः तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार पहिरोले घर पुरिँदा भित्र सुतिरहेका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन्। उनीहरूको परिचय खुल्न बाँकी छ। यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा गए राति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

साउन ९, २०७९ सोमबार ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।