हेलम्बु केन्द्रविन्दु भएर बिहानै ४.७ रेक्टरस्केलको भूकम्प

हेलम्बु केन्द्रविन्दु भएर बिहानै ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौंः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो।

यो भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।

साउन ९, २०७९ सोमबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।