पुनः मतगणनाको माग गर्दै दुई मतले हारेका सावदले दिए उजुरी

हेटौंडाः नेपाल प्रेस युनियनको ९औं महाधिवेशनले पदाधिकारी निर्वाचित गरिसकेको छ। हिजो सम्पन्न मतगणनामा अध्यक्षसहित अधिकांश पदमा संस्थापन इतर पक्षका उम्मेदवार निर्वाचित भए।
यता तीन जना रहने उपमहासचिव पदका लागि भएको चुनावमा कमल पन्त ५७७, युवराज गौतम ७३७ र रवीन्द्र सुवेदी ५५८ मतले विजयी भए।
केशव सावद ५५६ मत ल्याएर पराजित भए। यस्तै विष्णु खड्काले ४९४ र सन्तोष रेग्मीले ५४४ मत प्राप्त गरे। उनीहरू पनि पराजित भए।
हाल मतगणनाप्रति चित्त नबुझेको भन्दै संस्थापनबाट उपमहासचिव उम्मेदवार बनेका सावदले उजुरी दिएका छन्। उनी दुई मतको अभावले पराजित भएका हुन्।
उनले हिजो निर्वाचन समितिका संयोजकलाई लेखेको पत्रमा पुनः मतगणनाको माग गरेका छन्।
साउन ९, २०७९ सोमबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।