दुई लाख किलो अवैध सुपारीसहित आठ वटा भारतीय ट्रक नियन्त्रणमा

दुई लाख किलो अवैध सुपारीसहित आठ वटा भारतीय ट्रक नियन्त्रणमा

काठमाडौंः विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नम्बरका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले बिहीबार राति १०ः३० बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको बताए।

एमपी०९एचजी ८३२०, एमपी२२एचआई ०३१, यूपी५०बीटी ७२७७, यूपी६२ बीटी ८१२१, यूपी५४टी ६४२९, यूपी५०एटी ३१५८, यूपी६२सीटी ०६२७ र यूपी४५टीआई ६२४ नम्बरका ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो।

अवैध सुपारीसहित नियन्त्रणमा लिइएका आठ वटा ट्रकहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

साउन ८, २०७९ आइतबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।