प्रेस युनियनको अध्यक्षमा संस्थापन इतरका लम्साल विजयी, पदाधिकारीमा पनि लम्साल प्यानलै हावी

प्रेस युनियनको अध्यक्षमा संस्थापन इतरका लम्साल विजयी, पदाधिकारीमा पनि लम्साल प्यानलै हावी

काठमाडौंः नेपाल प्रेस युनियनको ९औं महाधिवेशनबाट अध्यक्ष पदमा शिव लम्साल निर्वाचित भएका छन्। लम्साल संस्थापन इतर पक्षका हुन्।

पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा पनि लम्साल प्यानलले नै जितेको छ। लम्साल ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका थिए।

लम्सालले यसपटक भने संस्थापनकै अनिता विन्दुलाई पराजित गरेका हुन्।

युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन्। खुला उपाध्यक्षमा लम्साल प्यानलबाट नकुल अर्याल निर्वाचित भएका छन्। खुला उपाध्यक्षमै संस्थापन पक्षका भिष्मराज ओझा विजयी भएका छन्। यस्तै कोषाध्यक्षमा संस्थापन पक्षका माधव धिताल विजयी भएका छन्।

महिला उपाध्यक्षमा सलोजा दाहाल निर्वाचित भएकी छिन्।

 

साउन ८, २०७९ आइतबार २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।