पाल्पामा २२ यात्रु सवार बस दुर्घटना, ६ जनाको मृत्यु

बुटवलः पाल्पाको रिब्दीकोट- २ लघुवामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।
तानसेन-तम्घास सडकखण्डको लघुवामा बाग्लुङगबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब २२ जना सवार रहेको बताइएको छ। सुरुमा दुई जनाको शव फेला परे पनि पछि थप चार जनाको शव फेला परेको थियो।उनीहरूको घटनास्थलमै मृत्यु भएको छ।
हालसम्म १२ जनाको उद्धार गरिएको छ। स्थानीय र प्रहरीको टोलीले उद्धार जारी राखेका छन्।
बस सडकबाट करिब सात सय मिटर तल खसेको स्थानीय रञ्जीब कुवँरले जानकारी दिए।
साउन ८, २०७९ आइतबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।