प्रेस युनियन निर्वाचन: ९७२ मत गन्दा अध्यक्षमा लम्साल ११५ मतले अगाडि

महाधिवेशनस्थलको तस्बिर । आर्काइभबाट ।
हेटौंडाः नेपाल प्रेस युनियनको ९औं महाधिवेशनको जारी मतगणनामा हालसम्म ९७२ मत गणना भएको छ। प्राप्त पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा संस्थापन इतर पक्षले 'लिड' गरिरहेको छ।
अध्यक्षमा संस्थापन इतरका शिव लम्सालले ५३१ मत ल्याएका छन्। संस्थापनकी अनिता विन्दुले ४१६ मत ल्याएकी छिन्। उनीहरूबीच ११५ मतको अन्तर छ।
यस्तै महासचिव पदमा दिलीप पौडेलले ६४७ मत ल्याएका छन्। जगन्नाथ दुलालले २९२ मत पाएका छन्। पौडेल दुलालभन्दा ३३५ मतले अघि छन्।
साउन ८, २०७९ आइतबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।