अभियान लघुवित्तको आईपीओ साउन १८ गते, ९ लाख ७५ हजार कित्ता निष्काशन हुने

काठमाडौंः अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गते आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा रु नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता आईपीओको बिक्री खुला गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजी (२५ लाख कित्ता)को ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार ७५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।
आईपीओमा आवेदन दिने मिति साउन २२ गतेसम्म रहेको छ। न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ।
साउन ८, २०७९ आइतबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।