झापाको चिया बगानमा काम गर्ने तीन नाबालिग एउटै रुखमा झुण्डिए

झापाको चिया बगानमा काम गर्ने तीन नाबालिग एउटै रुखमा झुण्डिए
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौंः झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगानमा काम गर्ने तीन जना नाबालिग एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश मृत भेटिएका हुन्।

उनीहरू शनिबार बिहान ११ बजेदेखि नै बेपत्ता थिए। रातिसम्म पनि उनीहरू नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो।

आइतबार भने बिहान बगानमा काम गर्न पुगेका मजदूरले देखेपछि घटना सार्वजनिक भएको हो। उनीहरू बयरको बोटमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन्।

हाल तीन जनाकै शवलाई पोष्टमार्टमका लागि पठाइएको छ। प्रहरीले घटना आत्महत्या नै भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

साउन ८, २०७९ आइतबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।