तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार पाँच सय कायम भएको छ।
शुक्रबार यसको मूल्य ९४ हजार मात्र थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार छ।
आज चाँदीको मूल्य भने प्रतितोला रु १० ले घटेको छ। आज चाँदी एक हजार १५५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
साउन ८, २०७९ आइतबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।