झापा र सुनसरीमा भएको दुर्घटनामा ७० र १८ वर्षका दुई जनाको मृत्यु

झापा र सुनसरीमा भएको दुर्घटनामा ७० र १८ वर्षका दुई जनाको मृत्यु

काठमाडौंः झापा र सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। हिजो साँझ ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा प्रदेश-१-०१-०१३प ४३४२ नम्बरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाइते भएकी पैदलयात्री स्थानीय ७० वर्षीया मनमाया बाँस्कोटाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका-२ का कृष्ण भण्डारीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। 

यसैगरी राति साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिका-७ स्थित सडकखण्डमा प्रदेश-१-०२-०४७प ७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-१६ का १८ वर्षीय कृष्ण चौधरीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो।

साउन ८, २०७९ आइतबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।