काठमाडौंको ढल्कुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौंको ढल्कुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

काठमाडौंः शनिबार काठमाडौंको ढल्कुमा एक मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदालयात्री गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ढल्कु बस्ने मकवानपुरका अन्दाजी २६ वर्षीय सम्पूर्ण हमाल रहेका छन्।

उनको उपचार पिपल्स अस्पताल नयाँबजारमा भइरहेको छ।

ढल्कुबाट डल्लुतर्फ जाँदै गरेको बागमती प्रदेश-०२–०२६प २९९५ नम्बरको मोटरसाइकलले पैदलयात्री हमाललाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको हो। मोटरसाइकल चालकलाई प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ।

साउन ८, २०७९ आइतबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।