तनहुँमा जोगी भेषमा भएका पुरुष मृत फेला

साङ्केतिक तस्बिर
तनहुँः जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान पनि गरिरहेको छ।
साउन ७, २०७९ शनिबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।