पत्रकारकै चुनावमा हातपात !

हेटौंडाः नेपाल प्रेस युनियनको जारी महाधिवेशनअन्तर्गत चुनावका क्रममा हातपात भएको छ। चुनावमा संस्थापन इतरबाट अध्यक्षका प्रत्यासी शिव लम्सालले मतदाता नामावली च्यातेपछि संस्थापन पक्षले हातपात गरेको हो।
एक टेलिभिजन च्यानल प्रतिष्ठानबाट पार्षद् बनेका दुई केन्द्रीय प्रतिनिधिको* कार्ड बने पनि अन्तिम नामावलीमा नाम थिएन। मत हाल्न मतदानस्थल पुगेका उनीहरू अन्योलमा थिए। लम्सालले पूरा नाम भएको लिस्ट ल्याऊ भन्दै मतदाता नामावलीको रुजु सूची च्याते र मत माग्न व्यस्त भए।
त्यसपछि संस्थापन पक्षका केही प्रतिनिधि आएर 'नामावली च्यात्ने?' भन्दै निर्वाचन समितिका प्रतिनिधिमाथि जाइलागे। उनीहरूले धकेला धकेल गरे र त्यो को हो भन्दै प्रतिष्ठानका सदस्य र अन्य सदस्यमाथि हातपातको प्रयास गरेका थिए।
* सम्बन्धित पक्षले नाम उल्लेख गर्न नचाहेकाले हटाइएको
साउन ७, २०७९ शनिबार २०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।