करिब तीन हजारमा परीक्षण गर्दा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

करिब तीन हजारमा परीक्षण गर्दा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौंः कोभिड– १९ को सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको आजको विवरणअनुसार दुई हजार ९९६ जनाको नमूनाको परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यसैगरी आज ८६ जना सङ्क्रमणमुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९७१ छ।

काठमाडौंमा ५०० बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै मोरङ र ललितपुरमा २०० बढी सक्रिय सङ्क्रमित छन्।सङ्क्रमितमध्ये दुई हजार ८३२ जना ‘होमआइसोलेशन’, १३९ ‘संस्थागत आइसोलेशन’ र २५ जना ‘आइसीयूमा’ उपचाररत छन्।

मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ। आज दुई लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ।

साउन ७, २०७९ शनिबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।