मधुमेह बढेपछि स्वास्थ्यमन्त्री खापुङ वीरको इमर्जेन्सी वार्डमा उपचाररत

मधुमेह बढेपछि स्वास्थ्यमन्त्री खापुङ वीरको इमर्जेन्सी वार्डमा उपचाररत
फाइल तस्बिर

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यमा खराबी आएपछि उनलाई हाल वीर अस्पताल भर्ना गरिएको छ। उनको मधुमेह बढेकाले अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उनी उपचारका लागि भर्ना भएको बताए।

उनका अनुसार मन्त्री खापुङको हाल वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भने, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।”

साउन ७, २०७९ शनिबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।